logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • लालबाबु पण्डितको प्रश्न : जनताले दुई तिहाइ दिँदापनि कांग्रेसलाई सत्ता बुझाए कुन मुख लिएर भोट माग्ने ? (भिडियोसहित) 

    लालबाबु पण्डितको प्रश्न : जनताले दुई तिहाइ दिँदापनि कांग्रेसलाई सत्ता बुझाए कुन मुख लिएर भोट माग्ने ? (भिडियोसहित) 

    5.6K
    Shares

    काठमाडौं । पूर्वमन्त्री तथा नेकपाका नेता  लालबाबु पण्डितले नेपाली जनताले विश्वास गरेर दुई तिहाइ बहुमत दिएको अवस्थामा कांग्रेसलाई सत्ता बुझाए जनतासमक्ष भोट माग्न जान अफ्ठ्यारो पर्ने बताएका छन् । 

    सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेलगत्तै प्रचण्ड–माधव पक्षको नेकपा सत्ता साझेदारीका लागि राजनीतिक कसरत गरिरहेका छन् । उनीहरुले नेपाली कांग्रेससँग मिलेर जानका लागि प्रस्ताव गरेको सन्दर्भमा नेता पण्डितले यस्तो धारणा ब्यक्त गरेका हुन् ।

    बिहीबार सुनौलो नेपालसँगको कुराकानीमा उनले भने, ‘दुई तिहाई बहुमत दिँदा पनि सरकार चलाउन नसकेर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने स्थिति भयो भने अब कुन मुखले भोट माग्ने ?’ 

    नेकपामा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगाएतका विभिन्न पदहरुमा रहेर काम गर्न सक्ने सक्षम मान्छे भएकाले दोस्रो पुस्ताबाट नेतृत्व खोज्नुपर्ने उनको भनाइ छ । 

    नेकपाको विभाजन उत्कर्षमा पुग्दा पनि हालसम्म नेता पण्डित भने कुनै पनि पक्षमा लागेका छैनन् । 

    हेर्नुहोस् भिडियो:

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend