logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • तेस्रो टेष्टमा भारत विजयी, इंग्ल्याण्ड १० विकेटले पराजित

    तेस्रो टेष्टमा भारत विजयी, इंग्ल्याण्ड १० विकेटले पराजित

    4.1K
    Shares

    काठमाडौं।  इंग्ल्यान्डलाई १० विकेटले पराजित गर्दै तेस्रो टेस्ट भारतले आफ्नो नाम गरेको छ। यससंगै भारतले ४ टेस्टको सिरिजमा २-१ को अग्रता बनाएको छ। 

    यो जितसंगै भारत टेस्ट च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ ।अब भारतले चौथो सेटमा जित या बराबरी गर्न सके वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्नेछ । 

    उता इंग्ल्याण्ड भने फाइनल पुग्ने सम्भावना सकिएको छ । अब चौथो टेष्ट इंग्ल्याण्डले जितेमा टेष्टमा २-२ को बराबरी हुनेछ र अष्ट्रेलिया फाइनल पुग्नेछ । 

    न्युजिल्याण्ड यसअघि नै फाइनल पुगिसकेको छ ।

    इंग्ल्याण्डले दिएको ४९ रनको लक्ष्य भारतले कुनै पनि विकेट नगुमाई ७।४ ओभरमै पुरा गर्यो। रोहित शर्माले अविजित २५ रन बनाए । यस्तै शुभमन गिलले अविजित १५ रन योगदान गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend