logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • अब निफ्राको कारोबार लगानी समूहमा

    अब निफ्राको कारोबार लगानी समूहमा

    3.5K
    Shares

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले आज देखि हुने कारोबारमा १७ वटा परिसूचक गणना गर्ने भएको छ । नेप्से व्यवस्थापनको फागुन ७ गतेको निर्णय अनुसार आजदेखि लागू हुने गरि केही सूचिकृत कम्पनीको समूह विभाजनमा हेरभेर तथा नयाँ समूहको व्यवस्था गरेको नेप्सेले जनाएको छ ।

    यसअघि नेप्सेमा ११ समूहगत परिसूचक रहेकोमा अब लगानी समुह थप गरी १२ वटा समूहका समूहगत परिसूचक कायम गरिएको छ । आइतबारदेखि समूहगत १२ परिसूचकसँगै म्युचुअल फण्ड, नेप्से परिसूचक, नेप्से फ्लोट, सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट गरी १७ परिसूचक गणना गर्न लागिएको हो ।

    लगानी समूहमा यसअघि अन्य समूहमा रहेका नागरिक लगानी कोष, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडलाई राखिएको छ ।

    यसका साथै, होटल तथा पर्यटन समूहमा चन्द्रागिरी हिल्स लिमिटेड थपिएको छ र यसअघि होटल समूहमा रहेका ओरियण्टल होटल लिमिटेड, तारागाउँ रिजेन्सी होटल र याक एण्ड यति होटल लिमिटेड होटल तथा पर्यटन समूहअन्तर्गत कारोबार हुने भएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend