logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • बलिउड अभिनेता अक्षय कुमार विरुद्ध मानहानीको मुद्दा

    बलिउड अभिनेता अक्षय कुमार विरुद्ध मानहानीको मुद्दा

    3.9K
    Shares

    फिल्म रुस्तमको मुख्य भुमिका निभाएका अभिनेता अक्षय कुमार लगाएत फिल्म टिमका ६ सदस्य र एक सिनेमा हलका मालिकविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता मनोज गुप्ताले फिल्मका एक संवादले सम्पूर्ण वकिलहरुको मानहानी गरेको भन्दै अदालतमा आरोपीहरुलाई भारतीय दन्ड विधानको धारा ५००, ५०१, ५०२ अन्तर्गत कठोर सजाय र जरिवानाको माग राखेका छन् । 

    मनोज गुप्ताका अनुसार  सन् २०१६ मा फिल्म रिलिज हुनेबित्तिकै मुद्दा दर्ता गरेका थिए तर सुनुवाई रोकिएको थियो । सन् २०२० मा पुनः सुनुवाई हुने भनिएकोमा लकडाउनले स्थगित भएको थियो । हाल अदालतले फिल्मको टिमका सदस्यहरुलाई पहिलो नोटिस जारी गर्दै मार्च १० मा अदालतसमक्ष पेश हुन भनेको छ । 

    फिल्म निर्माण कम्पनीका प्रमुख सुभाष चन्द्रा, जी इन्टरटेन्मेन्टका सिइओ मुरुदल केजार, फिल्मका निर्देशक टिनु सुरेस देसाई, लेखक विपुल के रावल, अभिनेता अक्षय कुमार, सहअभिनेता अनन्ग देसाई, सिटी प्राइड सिनेमा हलका मालिक सुरेश गुप्ताविरुद्ध मुद्दा दायर गरिएको छ । 

    फिल्मको एक सिनमा न्यायाधिशले जलसेनाका कमान्डर पावरी अक्षयकुमार लाई ‘कमाण्डर पावरी, तपाईको नौसेनाको बुद्धिमत्ता र केही समयको लागि प्रोटोकल बिर्सनुहोस् । केवल यो बुझ्नुहोस् कि तपाईं निर्लज्ज वकिल हुनुहुन्छ जो तपाईको साक्षीसँग जे पनि सोध्न सक्नुहुन्छु भनेका थिए  ।

    गुप्ताका अनुसार कुनै पनि वकिल आफ्ना विटनेससँग कानुनको दायराभित्र सोधपुछ गर्न सक्ने भएकाले फिल्ममा देखाइएको जस्तो सोधपुछ बेसरमको श्रेणीमा आउँदैन । अक्षयकुमार र इलियाना डिक्रुज स्टारर रुस्तम बक्स अफिसमा सन् २०१६ को छैठौं हाइएस्ट ग्रसर फिल्म थियो । यसमा करिब १२७।५० करोड भारु कलेक्सन गरेको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend