logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

     ७९.७४ अंकले घट्यो नेप्से

     ७९.७४ अंकले घट्यो नेप्से

    3.2K
    Shares

    काठमाडौं । साताको पहिलो दिन आज शेयर बजारमा ७९.७४ अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेपाल स्टक एक्सचेञ्‍ज नेप्से परिसूचक बजार अन्तिमसम्ममा ७९.७४ अंकले घटेर बन्द भएको हो ।

    यस क्रममा नेप्सेमा आठ अर्ब ३५ करोड रूपैयाँको कारोबार भएको छ । यस्तै एक करोड ५७ लाख कित्ता शेयर खरिद बिक्री भएको छ । बजार घटे पनि आज कारोबार रकम भने बढेको छ ।

    गत साताको अन्तिम दिन बिहीबार ६ अर्ब रूपैयाँ बराबरको कारोबार भएकोमा आज दुई अर्ब बढेर आठ अर्ब रूपैयाँको कारोबार भएको छ ।बजारमा पहिरो गएको दिन होटल र टुरिजम समूहमा ११ अंकको सुधार आएको  छ । यो बाहेक अन्य सबै समूह राताम्मे बनेका छन् ।

    जसमध्ये सबैभन्दा बढी जीवन बीमा छ सय १५, उत्पादनमूलक एक सय ९४, निर्जीवन बीमा एक सय ७९ अंकले घटेका छन् ।बजार घटे पनि आज चन्द्रगिरि हिल्सको सेयर मूल्य ९.८१ प्रतिशतले बढेर चार सय १४ रूपैयाँ प्रतिकित्ता पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend