logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • म्यानमार सैन्य ‘कू’ : शान्तिपूर्ण आन्दोलनमा प्रहरीको हस्तक्षेप, १८ प्रदर्शनकारीको मृत्यु

    म्यानमार सैन्य ‘कू’ : शान्तिपूर्ण आन्दोलनमा प्रहरीको हस्तक्षेप, १८ प्रदर्शनकारीको मृत्यु

    3.1K
    Shares

    तस्बिर: रोयटर्स

    एजेन्सी । म्यानमारमा प्रहरीको गोली लागेर १८ जना प्रदर्शकारी मृत्यु भएको बीबीसीले जनाएको छ ।

    संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले कम्तीमा १८ जना मारिएको म्यानमारको घटनलाई अहिलेसम्मकै ‘घातक’ भनेको छ। सैनिक कू विरुद्धको प्रदर्शनका क्रममा आइतबार प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा उक्त घटना भएको हो।

    संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले प्रदर्शनकारीविरुद्ध भएको हिंसाको निन्दा गरेको छ।

    उसले आइतवारको घटनामा कम्तीमा १८ जना मारिएको र ३० जना घाइते भएको विश्वसनीय सूचना रहेको जनाएको छ। प्रदर्शन सुरु भएयता कैयौँ मानिस पक्राउ परेका छन्। तर त्यसबारे पुष्टि गरिएको छैन। 

    फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएयता म्यानमारको विभिन्न शहरमा व्यापक रूपमा शान्तिपूर्ण प्रदर्शन भइरहेका छन्। यद्यपी शनिबार देखि सुरक्षाकर्मीहरु कडा रुपमा प्रस्तुत हुन थालेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend