logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • फेसबुकमा स्टाटस लेखेका कारण म्यानमारमा इन्जिनियरको गोली हानी हत्या

    फेसबुकमा स्टाटस लेखेका कारण म्यानमारमा इन्जिनियरको गोली हानी हत्या

    3.5K
    Shares

    म्यानमार । म्यानमारमा फेसबुकमा स्टाटस लेखेका इन्जिनियरको गोली हानी हत्या भएको छ । यंगुनका  इन्टरनेट नेटवर्क इन्जिनियर नि नि याङ ह्टेट नाइङ प्रहरीको गोलीबाट उनको मृत्यु भएको हो ।

    उनले फेसबुकमा ‘संयुक्त राष्ट्र संघलाई सैनिक सरकारविरूद्ध कदम चाल्न कतिको ज्यान जाने’ हो भनेर लेखेका थिए ।यस्तै, म्यानमारको सैनिक ‘कु’ विरोधी प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १८ जनाको ज्यान गएको छ । यांगुन, बागो र म्यान्डले, लास्हिओ, मेइक, बागो र पोकोक्कु सरहमा आइतबार प्रहरीले चलाएको गोलीले प्रदर्शनकारीको मृत्यु हो ।

    संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार यंगुन, दावेई, मन्डालय, मेइक, बागो र पाक्कोकु सहरमा ३० जना प्रदर्शनकारी घाइते भएका छन् ।फेब्रुअरी १ मा ‘कु’ मार्फत् सत्ता हत्याएको म्यानमारको सेनाले महिनाको अन्तिम दिन आन्दोलनकारीमाथि गोली प्रहार गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend