logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • नायिका नीतालाई भेट्न आगरा पुगे युवा ज्योतिष हरिहर

    नायिका नीतालाई भेट्न आगरा पुगे युवा ज्योतिष हरिहर

    4.1K
    Shares

    काठमाडौँ । नायिका नीता ढुंगाना र नायक तथा युवा ज्योतिष हरिहर अधिकारीको प्रेम चर्चा राम्रै सँग हुने गर्छ। यी दुईको प्रेम सुरु भएको एक बर्ष बढी भइसकेको छ। उनीहरु बिचको प्रेम सम्बन्ध यस अघि यी जोडिले सामाजिक संजालबाट सावर्जनिक पनि गरिसकेका छन् ।

    उनीहरु कहिले पोखरा त कहिले मुम्बई पुगेर समय बिताउने गरेका छन् । अहिले नीता भोजपुरी चलचित्र ‘माही’को छायांकनका क्रममा भारतको आगरामा छिन् । नीता आगरामा पुगेपछि  यतिबेला हरिहर पनि  नीताले छायांकन गरिरहेको स्थानमा पुगेका छन् ।

    यता नीताले सामाजिक संजालमा हरिहर आगरा पुगे सँगै ‘तिमी आयौं बहार आयो’ भन्दै स्टाटस लेखेकी छिन् । हरिहर आगरा पुगेपछि नीताको दैनिकीमा बहार आएको संकेत उनले दिएकी छिन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend