logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • एक दिनमा ५ दशमलव ७ किलोमिटर कालोपत्रे बाटो निर्माण भइरहेको छ : प्रधानमन्त्री ओली

    एक दिनमा ५ दशमलव ७ किलोमिटर कालोपत्रे बाटो निर्माण भइरहेको छ : प्रधानमन्त्री ओली

    3.8K
    Shares

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको काम तीव्र गतिमा भइरहेको बताएका छन् । सोमबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला सम्बोधनका क्रममा ओलीले विकास निर्माणको काम तीव्र गतिमा भइरहेको बताएका हुन् ।

     उनले अहिले दैनिक ५ दशमलव ७ किलोमिटरबाटो कालोपत्रेसहित निर्माण भइरहेको दाबी गरेका छन् । सम्बोधनका क्रममा उनले भने, ‘पहिले पहिले एक वर्षमा जम्मा १० किलोमिटर बाटो निर्माण हुन्थ्यो । अहिले एक दिनमा ५ दशमलव ७ किलोमिटर कालोपत्रे बाटो निर्माण भइरहेको छ ।’ 

    हिजो (आइतबार) आफूले ३१ वटा सडक पुल सिलान्यास गरेको र ५ ओटा उद्घाटन गरेको जानकारी दिएर ओलीले गएको तीन वर्षमा नेपालमा उल्लेख्य विकास भएको जानकारी गराए । उनले भने ‘तीन वर्षको अवधिमा के–केमा विकास भएको छ र कति फरक परेको छ तपाईँहरुले देखिरहनुभएको छ ।’

    उनले सोमबार गण्डकी प्रदेशको प्रशिक्षण प्रतिष्ठानको शिलान्यास पनि गरेको पनि बताए ।  

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend