logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • मानेभञ्ज्याङमा सशस्त्रको बिओपी स्थापना

    मानेभञ्ज्याङमा सशस्त्रको बिओपी स्थापना

    3.6K
    Shares

    इलाम । भारतीय सीमा क्षेत्रमा नेपालतर्फबाट सुरक्षा बढाइँदै लगिएको छ । सूर्योदय नगरपालिका–१ को भारतीय सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा सशस्त्र प्रहरी बल नेपालको सातौं बोर्डर आउट पोष्ट बिओपी स्थापना भएको छ । 

    सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपालको बलियो उपस्थिति जनाउने उद्देश्यका साथ शनिबार इलामका सीमावर्ती क्षेत्रमा बिओपी स्थापना गर्ने अभियानअन्तर्गत सातौं बिओपी स्थापना गरिएको हो । सीमावर्ती क्षेत्रको बिओपी सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र सशस्त्र प्रहरी बल नेपाल, नम्बर १ बराह बाहिनी सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहालले संयुक्तरूपमा उद्घाटन गरे ।

    सो अवसरमा नगरप्रमुख राईले स्थापना भएका बिओपीलाई व्यवस्थित, प्रविधिमैत्री, सबल र सुदृढ बनाउन जरुरी रहेको बताए । उनले नेपालको भूमि प्रयोग गरी आवतजावत गर्नसक्ने यातायातका साधन र सडक निर्माणमा स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिन नसके प्रहरीको मनोबललाई उच्च राखी काम गर्न सकिन्छ या सकिँदैन भन्नेबारेमा सोच्न जरूरी रहेको चिन्ता व्यक्त गरे ।
    इलामको रोङ गाउँपालिकाको मेची किनारदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको ५२ किलोमिटरको सीमाक्षेत्रका सात स्थानमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी नम्बर १ हेडक्वार्टर श्रीअन्तु गण इलामका प्रहरी उपरीक्षक सुधीरजंग थापाले जानकारी दिए । सलकपुर, समालबुङ, छब्बिसे, पशुपतिनगर, मानेभञ्ज्याङ, जौवारी र कालपोखरीमा बिओपी स्थापना भइसकेको छ ।
        
    आगामी दिनमा रोङको माथिल्लो पाटापुर, सूर्योदयको सुङतुङ, खोला गोदाम, हिले, चित्रेगुम्बा, माईजोगमाइको मेग्मा, सन्दकपुरको गैरीबास र आलटारमा बिओपी राख्नका लागि पहल भइरहेको छ । मानेभञ्ज्याङमा सशस्त्र प्रहरी नायब निरीक्षक एकराज श्रेष्ठको कमाण्डमा काम भइरहेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend