logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपाल–भारत सीमामा अल कायदासँग सम्बन्धित समूहको गतिविधि 

    नेपाल–भारत सीमामा अल कायदासँग सम्बन्धित समूहको गतिविधि 

    5.5K
    Shares

    काठमाडाैं । अल कायदासँग सम्बन्धित टर्कीको एउटा समूहले नेपाल–भारत सीमामा आफ्नो गतिविधि बढाउन थालेको भारतीय सञ्चारमाध्यमले खबर प्रकाशित गरेकाे छ । हिन्दूस्तान टाइम्समा प्रकाशित समाचारअनुसार टर्कीको यो च्यारिटी समूहले ईस्लामाई संघ नेपाल (आईएसएन)सँग काम गरिरहेको छ ।

    नर्डिक मोनिटरले गरेको अनुसन्धानमा आधारित रहेर हिन्दूस्तान टाइम्समा प्रकाशित समाचारअनुसार मानवअधिकार फाउन्डेसन तथा अन्य मानवअधिकारवादी संस्थाहरुले नेपाल भारत सीमामा विभिन्न प्रोजेक्टहरु अहिले चलाइरहेका छन् ।

    आईएसएनले यस्ता प्राजेक्टका लागि कोष उपलब्ध गराउने गरेको र टर्कीबाट मनिटर गरिएको दाबी गरिएको छ ।

    यस्ता संस्थामा आईएचएच नामको संस्थालाई यसअघि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को डकुमेन्टमा पनि उल्लेख गरिएको छ र यसले सिरियामा रहेको आतंककारी संगठनलाई सहयोग गरेको अनुमान गरिएकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend