logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • उच्च ओहदामा बस्ने व्यक्ति अनुशासित र जिम्मेवार हुनुपर्छ: सभामुख

    उच्च ओहदामा बस्ने व्यक्ति अनुशासित र जिम्मेवार हुनुपर्छ: सभामुख

    3.3K
    Shares

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रको उच्च ओहदामा रहने व्यक्ति सबैभन्दा बढी अनुशासित र जिम्मेवार बन्नुपर्ने बताएका छन् । 

    नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) स्थापना दिवसका अवसरमा सोमबार आयोजित पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले भने,’नियम कानूनको पालना सबैभन्दा बढी हामीले नै गर्नुपर्छ, आत्मानुशासन नै महान कुरा हो । बनाएका कानून के कति कार्यान्वयन भए, भएन त्यसको अनुगमन र निगरानी संसद्ले गर्नुपर्छ ।’

    संसद् विघटनपछि नेपाली पत्रकारिता जगतले अग्रमोर्चामा रही गरेको बहस पैरवीको सह्रना गर्दै उनले भने, ‘जनताको एकता, लोकतन्त्र, लोकतान्त्रिक मूल्यमान्यता र शान्तिपूर्ण ढङ्गबाट अघि बढ्ने मनमस्तिष्कलाई पनि सञ्चार क्षेत्रले सश्लेषण गर्नुपर्छ, नेपाली पत्रकारिता जगतको हालसम्मको भूमिका गौरव गर्न लायक छ ।’

    उनले संसद्लाई जीवन्त र जनमुखी बनाउन बुद्धि, विवेक, योग्यता र क्षमताले भ्याएसम्म आफू लागि पर्ने प्रतिबद्धता जनाए ।  

    समारोहमा एक हजार डलर राशीको इञ्जा कृति पुरस्कार लेखक राजेन्द्र पराजुलीलाई र सोही राशीको इञ्जा खोजी पत्रकारिता पुरस्कार लोकान्तर अनलाइनका समाचार सम्पादक सुशील पन्त र नागरिक दैनिकका वरिष्ठ समाचारदाता टपेन्द्र कार्कीलाई प्रदान गरियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend