logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘सुरक्षा थ्रेट’ !

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘सुरक्षा थ्रेट’ !

    2.6K
    Shares

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा थ्रेट भएको अभिव्यक्ति पटक पटक दिँदै आएका छन्। उनले कार्यकर्तामाझ लगातार सुरक्षा थ्रेट भएको बताएपछि मुलुकको प्रधानमन्त्री नै असुरक्षित हुने अवस्था कसरी आयो भन्ने प्रश्न उठेको छ। दुई सयभन्दा बढी सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्री कसरी असुरक्षित भए भन्ने प्रश्न उठेको छ। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ । 

    प्रधानमन्त्री ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आफूहरूमाथि सम्पूर्ण रूपले प्रहार हुँदै आएको भन्दै शारीरिक हमला हुनसक्ने दाबी गरेका हुन्। नेपाली सेनाको हेलिकोप्टर र यती एयरलाइन्सको विमान चार्टर गरेर कार्यकर्ता भेलामा हिँडिरहेका ओलीले व्यक्तिगत रूपमा शारीरिक हमला हुनसक्ने बताएका हुन्।

    ‘सम्पूर्ण रूपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रूपमा भएको छ। शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला,’ उनले गण्डकी प्रदेशको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने। त्यसक्रममा उनले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार हुन नदिन कार्यकर्तालाई अपिल गरे।

    गत असार १४ गते मदन भण्डारीको स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले देशीविदेशी शक्तिहरूले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागिपरेको र सुरक्षा थ्रेट भएको बताएका थिए। यसपछि पनि उनको सुरक्षामा कति सुरक्षाकर्मी खटिएका छन् र प्रधानमन्त्रीलाई सुरक्षा थ्रेट भएकै हो त भनेर प्रश्न उठेको थियो। कसले थ्रेट गरेको भनेर ओलीले केही बताएका छैनन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend