logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोभिसिल्ड खोप लगाएको २२ दिनसम्म संक्रमणको जोखिम 

    कोभिसिल्ड खोप लगाएको २२ दिनसम्म संक्रमणको जोखिम 

    4.8K
    Shares

    काठमाडौं । कोरोनाविरुद्ध सुरक्षित मानिएको ‘कोभिसिल्ड’ खोप लगाएको २२ दिनपछि मात्र शरीरमा एन्टिबडी बन्ने भएकाले त्यस अवधिमा कोराना संक्रमणको जोखिम रहने र सुरक्षा मापदण्ड अपनाउनु पर्नेमा विज्ञहरुले सुझाव दिएका छन् ।

    यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । कोभिड १९ खोपविज्ञ सल्लाहकार समितिका संयोजक  एवं वरिष्ठ खोपविज्ञ डा। श्यामराज उप्रेतीले कोभिसिल्ड खोप ७१ प्रतिशत मात्र प्रभावकारी भएको जानकारी दिए।  उनले भने, ‘सय जनाले खोप लगाएमध्ये झण्डै ३० प्रतिशतलाई कोरोना संक्रमण हुने सम्भावना हुन्छ। खोप लगाए पनि सुरक्षा मापदण्ड पालना गर्नुपर्छ।’

    कोभिसिल्ड खोपको पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने डा। उप्रेतीले बताए। ‘पहिलो मात्रा लगाएको खोपले  १२ सातासम्म काम  गर्छ’, उनले भने, ‘दोस्रो डोज लगाएको दुई डोज ९मात्रा० दिइसकेपछि ८ हप्तादेखि १२ हप्तासम्म मात्र प्रभावकारिता रहन्छ।’

    भारतले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोप हालसम्म ४ लाखभन्दा बढीले लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो खोप कम्तीमा ८ हप्ताको फरकमा दुई मात्रा लगाउनुपर्ने विज्ञहरूको सुझाव छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend