logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • ६५ वर्ष नाघेका नेताले दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्न नेकपा सांसद गंगा चौधरीको माग, नेकपा विवादमा यस्तो छ उनको धारणा

    ६५ वर्ष नाघेका नेताले दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्न नेकपा सांसद गंगा चौधरीको माग, नेकपा विवादमा यस्तो छ उनको धारणा

    6.3K
    Shares

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा की सांसद गंगा चौधरीले पार्टीमा देखिएको विवाद र समस्याको सन्दर्भमा स्पष्ट धारणा राखेकी छिन् । उनले ६५ वर्ष नाघेका र पटक-पटक सरकारको नेतृत्व गरिसकेका नेताहरुले दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएकी छिन् । 

    पछिल्लो समयमा नेताहरुमा पदको लोभ देखिएको भन्दै यस्तो अवस्थामा दोस्रो पुस्ताका नेताहरुलाई पार्टीको विडम्बनापूर्ण परिस्थितिलाई टुलुटुलु हेरेर नबस्न आग्रह गरेकी छिन् । 

    अहिले हाम्रो पार्टीमा देखिएको विवाद र समस्याको सन्दर्भमा मेरो स्पष्ट धारणा :
     ⁃ मेरो पहिलो प्रयास र प्राथमिकता जनताको झण्डै दुई तिहाई बहुमत प्राप्त पार्टी नेकपा एक ढिक्का राख्नेमा हुनेछ ।
     ⁃ जनताले माया, विश्वास र भरोसा गरेको हाम्रो पार्टी नेकपाको अहिलेको विषम परिस्थितिलाई टुलुटुलु हेर्न विवश हुनु पर्दा मेरो मन रोएको छ, मुटू छिया छिया भएको छ, पार्टीका आम कार्यकर्ता र शुभेच्छुकहरु चिन्तित भएका छन् ।
     ⁃ अहिलेको समस्याको मुल जड भनेको नेतागणमा देखिएको र मौलाएको चरम पदलोलुपता नै हो भन्ने मेरो ठम्याई छ।
     ⁃ पटक पटक अवसर पाई सकेका र जनताको नजरमा टेस्टेड भई सकेका नेताहरुमा देखिएको सत्ता लिप्सा र बाँचुन्जेल सम्म नेत्रृत्व छोड्न नसक्ने नचाहने प्रवृत्ति नै समस्याको कारक हो भन्ने मलाई लाग्दछ ।
     ⁃ म आदरणीय नेता कमरेडहरुलाई विनम्र अनुरोध गर्न चाहन्छु कि ६५ बर्ष नाघेका, पटक पटक र लामो अवधि पार्टी र सरकारको नेतृत्व गरिसक्नु भएका नेताहरुले अब हाम्रो पालो पुग्यो हामी स्वेच्छिक रुपमा दोस्रो तथा युवा पुस्तालाई नेतृत्व हस्तांतरण गर्छौं र पार्टीको संरक्षक र सल्लाहकारको भूमिकामा रहन्छौं भनेर संयुक्त विज्ञप्ति निकालेर घोषणा गरिदिनुस् । सक्रिय राजनीतिबाट विश्राम लिनु होस । यसबाट तपाईंहरुको उचाई बढ्नेछ । जय जयकार हुनेछ ।
     ⁃ दोस्रो पुस्ताका प्रभावशाली नेता कमरेडहरुलाई पनि विशेष अनुरोध गर्न चाहन्छु कि तपाईंहरु पार्टीको यस्तो विडम्बनापूर्ण परिस्थितिलाई टुलुटुलु हेरेर नबस्नुस् । पार्टीलाई एक ढिक्का बनाउन सशक्त र प्रभावकारी भूमिका खेल्नुस् आजै अहिल्यै देखि ।
     ⁃ यदि तपाईंहरुले पार्टीलाई एक ढिक्का राख्न र बनाउन सक्नु भएन भने अन्तिममा पार्टी फुट्ने निश्चित नै भयो भने कुनै एउटा पक्षलाई साथ दिनु पर्दा मेरो प्राथमिकता जनताको बहुदलीय जनवादको मूल धारको प्रतिनिधित्व गर्ने, राष्ट्रियताको पक्षमा खरो रुपमा उत्रने, दुबै मित्र राष्ट्रलाई समदुरीमा राख्न सक्ने ल्याकत भएको, जनजिविकाको सवाललाई उच्च प्राथमिकता दिने, राजनीतिक स्थिरताको सही पक्षधर, मुलुकको विकास र समृद्धिको लागि खरो उत्रन सक्ने क्षमता भएको र आम जनताले तुलनात्मक रुपमा रुचाएको पक्षलाई मेरो साथ र सहयोग रहनेछ ।                              लाल सलाम । जय नेकपा ।           
     ⁃ गंगा चौधरी सत्गौवा , प्रतिनिधि सभा सदस्य


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend