logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्ष जेल सजाय

    फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्ष जेल सजाय

    3.6K
    Shares

    काठमाडौं । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई अदालतले तीन वर्ष जेल सजाय सुनाएको छ । 

    समाचार एजेन्सी सीएनएनले उल्लेख गरे अनुसार सार्कोजीले आफूविरुद्ध लागेको एक आपराधिक आरोपबारे सूचना उपलब्ध गराउन सरकारी अधिकारीलाई राम्रो जागिरको अफर गरेको आरोपमा अदालतले जेल सजाय तोकेको हो । 

    सार्कोजीका कानुन व्यवसायी र सरकारी अधिकारीबीच भएको टेलिफोन कुराकानी सन् २०१४ मा प्रहरीले टेपिङ गरेको थियो । सार्कोजीका कानुन व्यवसायी र उनले घुस अफर गरेका सरकारी अधिकारीलाई पनि तीन वर्ष जेल सजाय सुनाइएको छ ।

    ६६ वर्षीय सार्कोजी दुई वर्ष जेलमा र बाँकी एक वर्ष घरमै बस्न सक्ने जनाइएको छ । सार्कोजी सन् २००७ देखि १२ सम्म फ्रान्सको राष्ट्रपति रहेका थिए । जेल सजाय खेप्नुपर्ने सार्कोजी फ्रान्सका पहिलो राष्ट्रपति हुन् । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend