logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • झलनाथको तयारीमा रामचन्द्र कवाफमा हड्डी : गोकुल बाँस्कोटा 

    झलनाथको तयारीमा रामचन्द्र कवाफमा हड्डी : गोकुल बाँस्कोटा 

    2.5K
    Shares

    काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेकपाका नेता झलनाथ खनालको राष्ट्रपति दौडको तयारीमा कवाफमा हड्डी बनेको बताएका छन् ।

    नेता पौडेलकै कारण नेकपा प्रचण्ड-नेपाल समूहले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउन नसकेको भन्दै ‘लौ न प्रभु ! मिलाई देऊ’ भनेका छन् । उनले ट्वीटरमा लेखेका छन् ‘नेपाल कम्फरटेबल पार्टीले प्रमले राजीनामा नदिएसम्म सदन चल्न नदिने र राष्ट्रपतिलाई हतोत्ससाही बनाउनकै लागि भएपनि महाअभियोग ल्याउने तयारी गर्दै छन् रे ! झलनाथको तयारीमा रामचन्द्र कवाफमा हड्डी भएर मात्र घोषणा नभएको रे। लौन प्रभु ! मिलाई देऊ ।’ 

    सर्वोच्चले प्रतिनिधि सभा विघटन बदर गरिदिएपछि प्रचण्ड नेपाल समूह कांग्रेससँग मिलेर सरकार बनाउने तयारीमा छ । उनीहरुले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेका छन् ।

    यदि महाअभियोग मार्फत राष्ट्रपति भण्डारी हटिन् भने कांग्रेस नेता पौडेल राष्ट्रपति बन्न चाहेको समाचार बाहिरिएको छ । यस अघि राष्ट्रपति पदमा झलनाथ खनालले पनि दावी गर्दै आएका थिए । झलनाथको सोही दावीमा पौडेल कवाफमा हड्डी बनेको भन्दै बाँस्कोटाले व्यङ्ग्य गरेका हुन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend