logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • धवलागिरिमा किशोरी सम्मेलन

    धवलागिरिमा किशोरी सम्मेलन

    3.7K
    Shares

    म्याग्दी । बालविवाह र यौनजन्य हिंसा न्यूनीकरण तथा महिनावारी स्वच्छताका लागि प्रथम धवलागिरि गाउँपालिकास्तरीय किशोरी सम्मेलनले ११ बुदे घोषणापत्र जारी गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा सोमबार भएको सम्मेलनमा सहभागी जनप्रतिनिधि, सरोकारवाला र किशोरीहरूले बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्नेलगायत  शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा घोषणापत्र जारी गरेका हुन् ।

    गल्र्स फस्ट फण्डको सहयोग, धवलागिरि गाउँपालिकाको समन्वय र सङ्गम म्याग्दीको आयोजनामा भएको सम्मेलनमा ११  विद्यालयमा गठन भएका किशोरी सञ्जालका ४८ प्रतिनिधिको सहभागिता थियो । किशोरीको शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षासँग समस्याको पहिचान गरी समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने विषयमा सम्मेलनमा छलफल गरेर प्रतिबद्धतासहितको घोषणापत्र जारी भएको सङ्गम म्याग्दीका अध्यक्ष दीपक पौडेलले जानकारी दिए।

    किशोरावस्थामा विवाह गर्दा हुने असर तथा हानीका बारेमा समुदायस्तरमा सचेतना फैलाउने, २० वर्ष पुगेपछि मात्र विवाह गर्ने, कानूनले तोकेभन्दा कम उमेरमा विवाह हुन लागेको सूचना प्रहरी, जनप्रतिनिधिलाई जानकारी गराउने र कानूनी कारवाहीको दायरामा ल्याउन सघाउने घोषणापत्रमा उल्लेख छ ।

    बीस वर्ष नपुगी विवाह गर्ने जोडीहरूको गाउँठाउँमा मिलाउने गलत प्रवृत्तिको विरोध गर्ने र त्यस्तो हुनलागेको जानकारी पाएमा प्रहरीलाई सूचना दिने घोषणापत्रमा उल्लेख छ । किशोरीमाथि हुने यौन शोषण, हिंसा, बलात्कार अन्त्य, सुरक्षाको ग्यारेन्टी र त्यस्ता घटनामा संलग्नलाई कानूनी कारवाहीको माग गरिएको छ ।

    सङ्गम म्याग्दीका कार्यकारी निर्देशक भरत केसीले धवलागिरि गाउँपालिकामा बालविवाहको अवस्थाका साथै कारण, असर र कानूनी व्यवस्थाको बारेमा जानकारी गराएका हुन् । धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले कानूनले अपराध मानेको बालविवाहको एक कारण गलत संस्कृति भएको बताए । उहाँले बालविवाहले महिलाहरूको शिक्षा, स्वास्थ्य, सामाजिकलगायत धेरै क्षेत्रमा असर गरेको पनि बताएका छन् । 

    कार्यपालिकाका सदस्य तथा गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बालविवाह न्यूनीकरणका लागि गाउँपालिकाले सञ्चालन गरेको उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताए। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend