२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

साधारण खर्च कटौती कसरी गर्ने भन्नेतर्फ सरकारकाे ध्यान हुनुपर्छ : सभापति अग्रवाल

आइतवार , जेठ ५, २०८२

काठमाडाैं । मुलुकको अर्थतन्त्र निकै जटिल अवस्थामा छ, वर्षेनी खर्चको अनुपात बढ्दो क्रममा छ भने राजस्व घट्दो क्रममा छ । यसैबीच सरकारले यो वर्षको लागि बजेट ल्याउँदै छ । यो बजेटमा सरकारले के कस्ता नीति अख्तियार गर्नुपर्ला त ? भनेर सुनौलो नेपालको 'बजेट बहस श्रृंखला' मा हामीले नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको उद्योग समितिका सभापति राजेश कुमार अग्रवाललाई प्रश्न गरेका छौँ ।

सो प्रश्नको जवाफमा  सभापति अग्रवालले अब सरकारले साधारण खर्च कटौती कसरी गर्ने भन्नेमा ध्यान दिनुपर्ने बताए । उनले भने, ‘विगत तीन चार वर्षको ट्रेन्ड हेर्ने हो भने हरेक वर्ष माग घट्दै गइरहेको छ । यसमा के कुरा बुझ्नुपर्यो भने माग घट्दा उत्पादन घट्छ, माग र उत्पादन नै घटेपछि राजस्व स्वभाविक रुपले घट्छ । सरकार अब राजस्व बढाउने तिर ‘फोकस्ड’ हुने होइन किनभने हाम्रो जिडिपीमा हाम्रो राजस्व अनुपात हेर्यो भने २३/२४ प्रतिशत छ । अब सरकारले साधारण खर्च कटौती कसरी गर्ने भन्नेमा ध्यान दिनुपर्छ । हामी हरेक पटक कर बढेन भन्छौँ तर कर बढेकै छ । जिडिपीको अनुपातमा हेर्ने हो भने कर बढेकै छ । अब यहाँभन्दा सरकारले कर बढाउन मिल्दैन, खर्च कटौतीतर्फ ध्यान दिनुपर्छ ।’

पछिल्लो समय साना उद्योगी व्यवसायीहरु पनि विस्तारै विस्थापित हुँदै पलायन हुन थालेको प्रति चिन्ता व्यक्त गर्दै सभापति अग्रवालले यो क्रमलाई सरकारले यथासिघ्र रोक्नुपर्ने र देशभित्रै व्यवसायको वातावरण सिर्जना गरी व्यवसायीहरुमा आत्मविश्वास सिर्जना गर्नुपर्ने बताए ।

उनले थपे, ‘व्यवसायीहरुमा आत्मविश्वास जबसम्म जाग्दैन र बजारमा मागको सिर्जना हुँदैन, तबसम्म धेरै कुराको समस्याको समाधान हुँदैन । तसर्थ, सरकारले व्यवसायको वातावरण बनाउनका लागि बढीभन्दा बढी लचकता अपनाएर, आफ्नो साधारण खर्च घटाउनुपर्छ ।’ हाम्रो खर्चको दायरा हरेक वर्ष बढ्दै गएको कारण हामी ऋणको ‘भिसियस साईकल’ भित्र फसिरहेको प्रति सजक रहन पनि उनले आग्रह गरे ।

उनले रिसोर्सहरु लिमिटेड रहेको अवस्थामा सरकारले बढीभन्दा बढी प्रतिफल आउने आयोजनाहरुमा मात्र लगानी गर्नुपर्ने बताए । ‘पोखरा, भैरहवामा एयरपोर्टहरु बनेको छ । त्यहाँ अर्बौँ रुपैयाँको लगानी भएको छ तर सरकारलाई रिटर्न आएको छैन । अर्कोतिर, बुटवल नारायणघाटको बाटो ८/९ वर्ष भइसक्यो जर्जर अवस्थामा छ । हिजो जति लागतमा भैरहवाबाट काठमाडौं सामान ढुवानी हुन्थ्यो भने आज बाटोको कारणले गर्दा ढुवानी लागत दोब्बर बढेको छ । हिजो चार दिनमा ओहोर दोहोर गर्ने ट्रकले आज सात/आठ दिनमा ओहोर दोहोर गर्छ ।’ – उनले भने । सरकारले यो बजेट मार्फत जहाँबाट रिटर्न धेरै आउँछ त्यस्ता आयोजनामा लागनी गर्नुपर्ने र भएका आयोजनाहरुलाई पूरा गर्नुपर्नेतर्फ ध्यान दिनुपर्ने सभापति अग्रवालको सुझाव छ ।

बिदेशिने क्रमले रेमिट्यान्स ल्याएपनि उद्योग व्यवसायमा डिमाण्ड भने घट्दै गएकाले यसलाई बुस्ट गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा सभापति अग्रवालको जोड छ ।

बाँकी अन्तर्वार्तामा हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ