logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • यसरी बनाउनुस् घरमै स्वादिष्ट पिज्जा

    यसरी बनाउनुस् घरमै स्वादिष्ट पिज्जा

    7.3K
    Shares

    इटालीबाट सुरुवात भएको पिज्जा अहिले विश्वभर लोकप्रिय छ । इतिहास  हेर्दा पिज्जा शब्दको प्रयोग १० औं शताब्दीदेखि भएको पाइन्छ । पिज्जा इटालीको स्थानिय खाना मध्येको एक परिकार हो, जुन दास्रो विश्वयुद्ध पछि संसारभर फैलिएको हो । नेपाली फुड बजारमा मम, चाउमिन जस्तै पिज्जा निकैँ रुचाइँने गरिन्छ । पिज्जा हरेक उमेर वर्गका मानिसको रोजाइमा पर्नै गर्छ । सामान्यतया पिज्जा हेर्दा बनाउन ग्राहो जस्तो देखिएतापनि हामी आफैले घरमा पनि पिज्जा बनाएर खान सकिन्छ ।

    the appic pizza.JPG

    पिज्जा बेसको लागि आवश्यक सामग्री 

    पीठो , मैदा वा आँटा, इस्ट, नून, ओलिभ ओयल तथा तातो पानी ।

    बनाउने विधी

    पिज्जा खासगरी गहूँको पिठो, टमाटरको सस, पनीर, मसाला र अन्य सागसब्जी मिसाएर बनाइन्छ । यो विभिन्न किसिमको हुन्छ ।

    डो
    पिज्जा को लागि सबैभन्दा पहिले डो बनाउनु पर्छ । यसका लागी मात्रा  मिलाएर गहूँको पिठो, पानी, चिनी ओलीभ तेल राखेर राम्ररी मुछ्नु पर्छ । मुछ्नका लागी सजिलो बनाउन सानो सानो डल्लो पारेर मुछ्न सकिन्छ । मुछिसकेपछि एकदेखि डेढ घण्टासम्म हावा नर्छिने ठाँउमा राख्दा डो को रोटी बनाउन तयार हुन्छ । 

    सस
    गोलभेँडाको सस बनाउनुपर्छ । सबैभन्दा पहिले गोलभेडाँलाई उसिनेर बाहिरको छाला र बिउ निकाल्नु पर्छ । यसलाई काटेर लेदो पार्नुपर्छ । तताएको तेलमा अदुवा, प्याज, तेजपत्ता र सेलरी नामक हर्ब राखेर एकछिन चलाउनुपर्छ । यसमा एकदमै मसिनो गरी काटेको गाँजर पनि राख्न सकिन्छ । अन्तिममा अगाडी उसिनेर काटेको गोलभेडाँ राख्नुपर्छ । यसमा नुन र मरिच राखेर पकाउनुपर्छ । 

    यसलाई चाखेर धेरै अमिलो भएमा अलिकति चिनी र धेरै गुलियो भएमा भिनेगर राख्न सकिन्छ । यसमाथी ओरीगानोको पातहरु राखेर चलाँउदा छुट्टै खालको फ्लेभर  तयार हुन्छ । डो लाई बेलेर रोटी बनाउने र त्यसमाथी सस राख्नुपर्छ । त्यसमाथी ठिक मात्रा मिलाएर मोजरेला चिज राख्नुपर्छ । यसरी मार्गेरीटा पिज्जा बन्छ, जुन प्रमुख हो । यसमा मनपर्ने खानेकुरा राखेर ओभनमा राखेर पकाइन्छ ।

    पिज्जा विभिन्न किसिमको हुन्छ । आफ्नो इच्छा अनुसार मसरुम, चिकेन, अन्य सागसब्जी राखेर पिज्जा बनाउन सकिन्छ । यसका लागी पहिले चिज राखेर मार्गेरीटा पिज्जा तयार गर्नुपर्छ, त्यसपश्चात आफुलाई मनपर्ने खानेकुरा मसिनो गरेर काटेर ओभनमा राख्दा पिज्जा तयार हुन्छ । 

    fs.JPG

    उग्रसेन रायमाझी 
    सेफ
    द एपिक पिज्जा, दरबारमार्ग


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend