२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मैले अहिलेसम्म एक पैसा र एक दाम जग्गा घुस खाएको छैन, अदालतले न्याय दिनेछ : माधव नेपाल (भिडियो सहित)

शनिवार , जेठ २५, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अदालतले न्याय दिनेमा आफू ढुक्क भएको बताएका छन् । शनिबार मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सबै गलत आरोपहरुका विरुद्धमा दृढका साथ उभिने भन्दै न्याय पालिकाले आफूलाई न्याय दिने र अन्यायको हार हुने बताए ।

अध्यक्ष नेपालले अहिलेसम्म एक पैसा र एक दाम जग्गा घुस नखाएको समेत बताए । उनले यस प्रकरणमा डराउन आवश्यक नभएको बताए ।

उनले बदलाको भावनाले आफूमाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको बताए । उनले राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्वपूर्ण रहेकाले त्यसलाई देखेर ईष्या गर्नेहरु आत्तिएर आफूमाथि भ्रष्टाचारको मुद्दा लगाउनको लागि पहल भएको बताए ।

अध्यक्ष नेपालले आफूमाथि पूर्वाग्रह राखेर मुद्दा दर्ता भएको भन्दै आफूले कुनै अनुचित काम नगरेको स्पष्ट पारे ।

भिडियो :

https://youtu.be/HNfiVHdFqpQ

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ