logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • पार्टीलाई गतिशील बनाउन फागुन २८ गतेको निर्णय भएको हो: मन्त्री पद्मा अर्याल (भिडियोसहित)

    पार्टीलाई गतिशील बनाउन फागुन २८ गतेको निर्णय भएको हो: मन्त्री पद्मा अर्याल (भिडियोसहित)

    6.3K
    Shares

    काठमाडौं । एमाले नेतृ तथा कृषि मन्त्री पद्माकुमारी अर्यालले पार्टीलाई गतिशील बनाउनका लागि फागुन २८ गतेको निर्णय गरिएको दावी गरेकी छिन् । अहिले असन्तुष्टी पोखेर मूलधारमा सामेल हुन तयार नभएकालाई जिम्मेवारी सुम्पेर पार्टी अगाडि नबढ्ने उनले बताइन् । 

    सुनौलो नेपालसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘अहिले सडकमा गएकालाई, असन्तुष्ट पोखेकालाई र मूलधारमा सामेल हुन तयार नभएकालाई जिम्मेवारी सुम्पेर पार्टी अगाडि बढ्छ र ? फागुन २८ गते केन्द्रीय कमिटी बैठकले गरेको निर्णय अस्थायी थियो, स्थायी थिएन । छलफल त्यही ढंगले भएको थियो । ‘

    नेपाल पक्ष सहमतिमा नआएसम्म पार्टीलाई चलाएमान बनाउनका निम्ती अस्थायी प्रबन्ध गरेर अगाडि बढिएको मन्त्री अर्यालले बताइन् । 

    ओलीले केन्द्रीय समितिको बैठकको निर्णय भन्दै २८ फागुनमा सबै पदाधिकारी हटाएर केन्द्रीय सदस्य राखेका थिए भने माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय समितिमा मनोनित गर्दै इञ्चार्जको जिम्मेवारी फेरबदल गरिएको थियो। नेपाल खनाल पक्षले सोही निर्णय सच्याए मात्र छलफलमा बस्न सकिने अडान राख्दै आएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend