logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • सिंगटी हाइड्रोको आइपीओ खुल्यो 

    सिंगटी हाइड्रोको आइपीओ खुल्यो 

    6K
    Shares

    काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आज बाट सर्वसाधारणका लागि आइपीओ बिक्री गर्ने भएको छ । आयोजना प्रभावित दोलखाका स्थानीयलाई आइपीओ बिक्री गरिसकेको कम्पनीले अहिले सर्वसाधारणको लागि आइपीओ बिक्री गर्न लागेको हो ।

    मेगा क्यापिटल मार्केट लिमिटेड बिक्री प्रबन्धक रहेको कम्पनीको आइपीओमा सर्वसाधारणले  चैत १० गतेसम्म आवेदन दिन पाउने छन् । उक्त अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा चैत २० गतेसम्म म्याद थप हुन सक्ने बताइएको छ ।

    सर्वसाधारणले आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाउने छन्। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर बिक्री खुला गरेको हो ।

    जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि सुरक्षित गरिएको छ । बाँकी रहेको २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend