logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • ट्रकले ट्र्याक्टरलाई ठक्कर दिँदा चालकको मृत्यु

    ट्रकले ट्र्याक्टरलाई ठक्कर दिँदा चालकको मृत्यु

    4.6K
    Shares

    राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत  सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित सडकखण्डमा आज ट्रकले ट्रयाक्टरलाई ठक्कर दिँदा ट्र्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक बारा जिल्ला दक्षिण झिटकैया–८ का ३५ वर्षीय जलिल मियाँ  मन्सुरी रहेको प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए । घाइतेको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ३४२५ नंको ट्रकले सोही दिशाबाट जाँदै गरेको ना६त ६१९९ नंको ट्रयाक्टरलाई पछाडिबाट ठक्कर दिएको थियो । यता ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend