logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • बाँकेमा नेपाली सेनाद्वारा  हतियारसहित अन्य सामाग्री बरामद

    बाँकेमा नेपाली सेनाद्वारा  हतियारसहित अन्य सामाग्री बरामद

    4.8K
    Shares

    बाँके । नेपाली सेनाले बाँकेमा हतियारसहित अन्य सामाग्री बरामद गरेको छ ।  

    बाँके राष्ट्रिय निकुञ्जमा राखिएको स्पाइ क्यामरामा हतियार सहित केही व्यक्तिहरुले शंकास्पद गतिविधि गरेको देखिएपछि सेनाको ‘अपरेशन महाहण्ट ७’ मा खटिएको फौज र निकुञ्ज कार्यालयका कर्मचारी सहितको संयुक्त टोलीले शनिबार बांके जिल्ला, राप्ती सोनारी गाँउपालिका वडा नं.९ स्थित कोर ईलाका खैरी गोठ क्षेत्रमा खोजतलास गर्दा भरुवा बन्दुक २ नाल, बारुद ४०० ग्राम, केप १४ थान, शिकार गरिएको मासु लगायत शिकारमा प्रयोग हुने अन्य बन्दोवस्तीका सामानहरु बरामद गरेको हो । बरामद सामाग्रीहरु निकुञ्ज कार्यालयमा बुझाइएको छ ।  

    उक्त घटनामा संलग्न भई फरार भएका व्यक्तिहरुको खोजी भईरहेको छ । ‘अपरेशन महाहण्ट ७’ अन्तर्गत भइरहेका सफल कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जिवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend