logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • आइपीओ जारी गर्दै सर्वोत्तम सिमेन्ट

    आइपीओ जारी गर्दै सर्वोत्तम सिमेन्ट

    5.6K
    Shares

    काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडले बुक बिल्डिङ विधिमार्फत साधारण शेयर आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले केही समय अघि कम्पनीको आइपीओको मूल्य ७५० किन भन्दै १५ वटा बुँदा सार्वजनिक गरेको थियो ।

    उक्त बुँदाको सातौँ नम्बरमा ुआइपीओबाट  प्राप्त  रकममध्ये  ४०५  ले  ऋण भूक्तानी गरी  शत प्रतिशत ऋण मुक्त हुने र बाँकी रकमले उत्पादन क्षमता दोब्बर हुने भएकाले, यसबाट ४ बर्षपछि बार्षिक प्रतिफल ७५५ भन्दा बढि हुन जाने प्रक्षेपण गरिएकालेु लेखिएको छ ।

    यसको अर्थ कम्पनीले आइपीओबाट उठेको रकममध्ये ४० प्रतिशत रकम भने बैंकको ऋण तिर्न प्रयोग गर्नेछ । कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

    जसमध्ये २४ लाख कित्ता संस्थागत लगानीकर्ताहरुलाई, ८ लाख कित्ता स्थानीय जिल्लावासीलाई  तथा कम्पनीका कर्मचारीलाई र बाँकी २८ लाख कित्ता सर्वसाधारणलाई  छुट्याइएको छ । कम्पनीले निष्कासन गर्न लागेको आइपीओको मूल्य ७ सय ५० रूपैयाँ तोकिएको छ । संस्थागत लगानीकर्तालाई ७५० रूपैयाँ मूल्य तोकिएको छ । यता सर्वसाधारणहरूले भने ७५० रूपैयाँमा १०५ घटाई ६७५ रूपैयाँमा शेयर पाउनेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend