logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • आज विश्व क्षयरोग दिवस : क्षयरोग लागेको कसरी थाहा पाउने ?

    आज विश्व क्षयरोग दिवस : क्षयरोग लागेको कसरी थाहा पाउने ?

    5.9K
    Shares

    काठमाडौं । आज विश्व क्षयरोग दिवस । हरेक बर्षको मार्च २४ का दिन अन्तराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने नाराकासाथ यो वर्षको विश्व क्षयरोग दिवस मनाइँदैछ । 

    सामान्यतया टिबी भनेर चिनिने क्षयरोग प्राचीन कालदेखि नै मानव समुदायमा रहेको र बिभिन्न रोग र संक्रमणका रुपमा यसलाई लिने गरिएको पाइएको छ । क्षयरोग र रेबिज मात्र यस्ता रोग हुन जसको उपस्थिती प्राचीन समय बाटै आजसम्म भएको पाइन्छ ।

    प्रतिवर्ष बिश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने २० लाखको क्षयरोगकै कारणले मृत्यू हुने गरेको तथ्यांह छ । 

    नेपालको राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत नेपाली जनसंख्या क्षयरोग ले ग्रसित पाइएको छ । हरेक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरु नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली वर्षेनी क्षय रोगको कारणले मृत्यु हुने गरेको तथ्यांकमा उल्लेख छ । 
    क्षयरोग लागेको कसरी थाहा पाउने 
    -क्षयरोग एक सरुवा रोग हो । यो लागेको सुरुवाती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने गर्छ, कमजोरी महसुस हुन थाल्छ । मानिसहरूले यस्ता लक्षणलाई गम्भीरतापूर्वक लिँदैनन्, जसकारण विस्तारै क्षयरोगको व्याक्टेरियाले संक्रमण भई गम्भीर समस्या निम्त्याउँछ ।

    -रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो । सामान्यतया यस्ता समस्या पाँच दिनभित्रमा ठिक पनि हुन्छन् । तर, लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने तुरुन्तै चिकित्सककहाँ जानुपर्छ । यो क्षयरोगको संकेत पनि हुनसक्छ ।

    -क्षयरोग लागेमा विरामीलाई राती धेरै पसिना आउँछ । मुख सुक्ने गर्छ । खान मन लाग्दैन र तौल अचानक कम हुन थाल्छ ।

    -क्षयरोगको संक्रमण भएमा मानिसको खकारमा रगत देखिन्छ । सास लिनसमेत समस्या हुने गर्छ । यस्ता लक्षण देखिए तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

    -क्षयरोगको संक्रमण जोसुकैलाई हुनसक्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसलाई यसले चाँडै असर गर्ने हुँदा घरपरिवारमा कसैलाई क्षयरोग लागेको छ भने परिवारका अन्य सदस्यले पनि कम्तीमा एक पटक खकारको जाँच गर्नुपर्छ ।
    कसरी बच्ने
    -यो रोग विशेष गरेर धूमपान तथा मद्यपान गर्नाले लाग्दछ । त्यस कारण यस्ता वस्तुको सेवन नगर्ने ।
    -बढी धुवाँ वा धुलो भएको स्थानमा नबस्ने ।
    -खोक्दा वा हाछ्युँ गर्दा रुमालले मुख, नाक छोप्ने ।
    -बालबालिकामा निश्चित समयमा बीसीजी खोप लगाउने ।
    -क्षयरोग लागेका व्यक्तिबाट टाढै बस्ने र रोगीको जुठो नखाने ।
    -समयमा नै उपचार गरे निको हुने भएकाले लक्षण देखिनासाथ चिकित्सकसँग सल्लाह लिने । 
    -यो रोग यही उमेर वा लिङ्गका व्यक्तिलाई लाग्छ भन्ने छैन । त्यसैले धेरै भीडभाड हुने स्थानमा नबस्ने । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend