२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आफ्नालाई काखा र अरुलाई पाखा गर्नमा ओली सरकारले पीएचडी नै गरेको छ : सांसद् दाहाल [भिडियो]

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिनका लागि दुई बुँदे सहमतिमा हस्ताक्षर गरेको माओवादी केन्द्रले शंकासहितको विश्वास गरेको बताएको छ । यो समितिले सफाई दिने होइन कि मानव तस्करहरुलाई कठघरामा उभ्याउने र दण्डित गर्नुपर्ने प्रक्रियामा जोडिनुपर्ने माओवादीको धारणा छ ।

सुनौलो नेपालसँगको अन्तर्वार्ताका क्रममा माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सांसद् लेखनाथ दाहाल ‘राजन’ ले यो छानबिन समितिले प्रमाणहरु नष्ट गर्छ वा प्रमाण जुटाएर काम गर्छ भन्ने निगरानीमा माओवादी रहेको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘नेपाली जनता लुटिनु नपर्ने गरी छानबिन प्रक्रिया अगाडि बढ्नुपर्यो । यसको नीतिगत, कानुनी र संरचनात्मक समस्या पनि हल गर्ने गरी छानबिन हुनुपर्यो । सिआईबी, अख्तियार र यो छानबिन समितिलाई निगरानी, खबरदारी, सहयोग र शंकासहितको विश्वास गरेका छौँ ।’

आफ्नो अनुकूलतामा निर्णय लिन, आफ्नालाई काखा र अरुलाई पाखा गर्ने प्रक्रियामा ओली सरकारले पीएचडी नै गरेकोले पनि शंका गर्नु परेको नेता दाहाल बताउँछन् । ‘ सरकार त ओलीकै नेतृत्वमा छ । अंक गणित अनुसार पनि बहुमत त उहाँहरुसँगै छ । त्यसैले सरकारसँग हाम्रो सहकार्य र संघर्ष सँगसँगै जान्छ । यो मुद्दामा हामीले सम्झौता गरेका छैनौँ ।’ उनी भन्छन् ।

एकातर्फ माओवादीप्रति बढ्दो आकर्षण, उचाई छ, त्यसलाई कसरी कमजोर बनाउने भनेर बदनियतपूर्ण ढंगले लागेका र अर्कोतर्फ माओवादी पनि कांग्रेस–एमाले जस्तै पो हुन्छ कि भन्ने आम जनताको माओवादी प्रति चिन्ता चासो र अपेक्षा रहेको दाहालले बताए ।

उनले फरक प्रसंगमा रास्वपा सभापति रवि लामिछाने विरुद्ध किर्ते मुद्धा लगाइएको पनि दाबी गरे । सहकारी ठगहरु उन्मुक्त हाँसोका साथ बाहिर रहेका तर, सहकारी ठगीसँग प्रत्यक्ष नजोडिएका पात्र जेलमा रहनु न्योचित नभएको नेता दाहालको भनाइ छ । कम्पनी ऐन अन्तर्गत रहेर रवि लामिछाने माथि अनुसन्धान गर्न सकिने बताउँदै यो प्रकरणमा सरकारको चरम दलीयकरण र दुरुपयोग भएको उनको आरोप छ । बाँकी भिडियोमा –

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ