logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • जीप दुर्घटनामा चालकको मृत्यु

    जीप दुर्घटनामा चालकको मृत्यु

    3.7K
    Shares

    पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । याङवरक गाउँपालिका– १, च्याङथापू जाँदै गरेको मे१ज ३५६ नं को जीप याङवरक–३ यलम्बर चोकमा दुर्घटना हुँदा सवारी चालक फिदिम नगरपालिका–२ पल्लोटारका ३५ वर्षीय फूलकुमार राईको मृत्यु भएको छ ।

    जीप सडकबाट करीब २०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते चालक राईको उपचारका क्रममा जिल्ला अस्पताल फिदिममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते फिदिम–२ का २२ वर्षीय आशिष राईलाई उपचारका लागि झापा पठाइएको प्रहरीले जनाएको छ ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend