logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • सवारी दुर्घटना, १५ घाइते

    सवारी दुर्घटना, १५ घाइते

    4.1K
    Shares

    सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को१ख २८२४ नम्बरको शुभम डिलक्स गाडी धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिक दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् ।

    बीस मिटरमाथिबाट गाडी पल्टिँदा दुर्घटना भएको हो । अहिले घटनास्थलमा गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरसहितको सुरक्षाकर्मीको सहयोगमा घाइतेलाई उपचारका लागि धरानस्थित बिपी मेमोरियल अस्पताल लैजाने तयारी भइरहेको सशस्त्र प्रहरी बल सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक विशाल सिलवालले जानकारी दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend