२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गायक प्रेम लामिछानेको तीज गीत ‘कचकचे जोई’ बजारमा

शनिवार , श्रावण ३, २०८२

काठमाडौँ । लोकगायक प्रेम लामिछाने मगरले तीज गीत बजारमा ल्याएका छन् । उनले यसपाली ठट्यौली शैलीको तीज गीत ‘कचकचे जोई’ ल्याएका हुन् ।

समाज अनि घरपरिवारभित्र श्रीमान–श्रीमतीबीचको झगडालाई ठट्यौली शैलीमा भिडियोमा देखाउन खोजिएको छ । भिडियोमा टेली सिरियलकी अभिनेत्री नबिना सिलवाल ‘खुइली’ र गायक लामिछानेले मोडलिङ गरेका छन् ।

मरुभूमिनारायणको छायाङ्कन रहेको भिडियोको सम्पादन तथा निर्देशन रोशन धितालले गरेका छन् । गीतमा प्रेम लामिछाने मगर, शान्तारानी परियार, प्रदीप गीरी र मञ्जली बस्यालको स्वर रहेको छ ।

विशाल रायमाझीको शब्द रहेको उक्त गीतमा रिजन न्यौपाने ‘पुरन’को सङ्गीत छ । गीतमा सञ्जय श्रीपालले म्युजिक एरेञ्ज गरेका छन् । गीत ‘मञ्जली बस्याल’ नामक युट्युब च्यानलमा हेर्न सकिन्छ ।

हेर्नुहोस भिडिओ

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ