logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • बिरालाका घाँटीमा घण्टी बाँध्न मैदानमा उत्रेको हुँ : गजेन्द्रसिंह बुढाथोकी (भिडियोसहित)

    बिरालाका घाँटीमा घण्टी बाँध्न मैदानमा उत्रेको हुँ : गजेन्द्रसिंह बुढाथोकी (भिडियोसहित)

    4.9K
    Shares

    काठमाडौं । नेपाल पत्रकार महासंघलाई पेशागत पत्रकारहरुको संगठन बनाउनका लागि आफूले केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिएको गजेन्द्रसिंह बुढाथोकीले बताएका छन् । स्वतन्त्र पत्रकार बुढाथोकी नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । 

    चुनावमा सबैले राजनीतिक एजेण्डामात्र बोकेकाले अब साँच्चै पेशागत पत्रकारको संगठन बनाउन आफ्नो उम्मेदवारी भएको पनि उनले जिकीर गरे । सुनौलो नेपालसँगको कुराकानीका क्रममा बुढाथोकीले भने ‘आजको मितिसम्म बिरालाको घाँटीमा घण्टी कसले बाँध्ने भन्ने अवस्था थियो । म यसपटक बिरालाको घाँटीमा घण्टी बाँध्नको लागि हिम्मत गरेर मैदानमा उत्रेको हुँ ।’

    उम्मेदवारी किन ? भन्ने प्रश्नमा बुढाथोकीले भने, ‘महासंघलाई साँच्चै पेशागत पत्रकारहरुको जिम्मेवार संस्था बनाउन, राजनीतिक दलहरुको छत्र–छायाँबाट महासंघलाई मुक्त गराउन, श्रमजीवि पत्रकारहरुको पेशागत सुरक्षा, सामाजिक सुरक्षा लगायतका विषय पहल गर्न र नयाँ युगको पत्रकारिता अनुकुल महासंघको पुनर्संरचना बनाउन ।’

    कतिपय अवस्थामा महासंघले पेशागत श्रमजीवी पत्रकारहरुको ट्रेड युनियनको भूमिका निर्वाह गर्न नसकेको पनि उनले बताए । त्यो अवस्था आउन नदिने पनि उनको भनाइ रहेको थियो । ‘पत्रकारहरु आफैँ पनि दायाँबायाँका राजनीतिक नियुक्ति लिनका लागि राजनीतिमा लागेको देखिन्छ । अब यसको अन्त्य हुनुपर्छ’ उनको भनाइ थियो । महासंघको सदृढीकरण आफ्नो मुख्य एजेण्डा भएको र यसका लागि पत्रकारहरु आफैँ पनि शुद्ध हुनु जरुरी रहेको उनी बताउँछन् ।

    उनले पत्रकारहरुले राजनीतिक सदस्यता लिन नहुने पनि बताए । जितपछि उनले महासंघमा अहिले भइरहेको व्यथिति, दलीय सिण्डिकेटलगायतका विषयहरु तोड्ने प्रतिबद्धता पनि जनाए । 

    हेर्नुहोस् भिडियो :


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend