logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • आमिर खानकी छोरी आइराको आक्रोस, गलत नामले बोलाएमा पाँच हजार तिर्नुपर्ने

    आमिर खानकी छोरी आइराको आक्रोस, गलत नामले बोलाएमा पाँच हजार तिर्नुपर्ने

    3.8K
    Shares

    अभिनेता आमिर खानकी छोरी आइरा केही न केही कारणले चर्चामा आउछिन्  । केहि समय अघि मात्र उनी डिप्रेशनको विषयका कारण चर्चामा रहिन् । हालै आइराले उनको  नामलाई गलत तरिकाले बोलाइएको भन्दै आक्रोस पोखेकी छिन् ।

    उनलाई  ‘इरा’ भनेर बोलाउनेहरुलाई इरा होइन ‘आइरा’ हो भनेर ठिक नामले बोलाउन सिकाएकी छिन् । वास्तवमा मानिसहरु उनी सँग  ‘इरा’ भनेर बोल्ने गर्छन् । यसमा उनको आपत्ति रहेको बताएकी  छिन् । यस विषयलाई लिएर साथीले उनको मजाक उडाउने गरेको उनले बताइन् ।

    आइराले  सोसल मिडियामा  भिडियो सेयर गर्दै  आफ्नो नामलाई  ठिकसँग बोलाउन भनेकी छिन् । उनले भनेकी छिन्, ‘अबदेखि जसले मलाई इरा भनेर बोलाउँछ उनीहरुले पाँच हजार रुपैयाँ स्वेर जारमा हाल्नुपर्ने हुन्छ। जसलाई म हरेक महिना वा वर्षको अन्त्यमा दान दिनेछु ।’

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend