logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • चर्चित ब्याण्ड Mt. 8848 को नयाँ गीत ‘आम्मैले’ सावर्जनिक 

    चर्चित ब्याण्ड Mt. 8848 को नयाँ गीत ‘आम्मैले’ सावर्जनिक 

    4.7K
    Shares

    काठमाडाैं । नेपाली संगीत क्षेत्रका चर्चित ब्याण्ड Mt. 8848 को नयाँ गीत ‘आम्मैले’ सावर्जनिक भएको छ । यस गीतको रचना तथा शब्द निर्माण स्व. ओमकार गर्तौलाको रहेको छ । संगीता तामाङको अभिनय रहेको यस गीतकाे मिक्सिङ­ र मास्टरिङ साउन्ड ग्लिट्ज स्टुडियोले गरेकाे हाे । गीतको रेकर्ड आरएल स्टुडियोमा गरिएको हाे ।

    याे गीतकाे भिडियाे समीर ताम्राकार र निरञ्जन महर्जनलेले निर्देशन गरेका हुन् ।

    नेपाली संगीत क्षेत्रमा लोक रक विधका गीतले परिचित ब्याण्डले यस अघि २ वटा एल्बम ‘यो संसार’ र ‘जिउको मासु’ बजारमा ल्याइसकेकाे छ । उक्त एल्बममा समावेश गरिएका बुढेसकालको लाठी, मस्कि मस्कि, रात गुजार्न, साथी जस्ता गीत निकै लोकप्रिय छन् ।

    ब्याण्डले चाँडै अर्को नयाँ गीत ल्याउने तयारी गरेकाे समेत बताएकाे छ । यस गीतलाई Mt. 8848 को अफिसियल युट्युब च्यानलमार्फत रिलिज गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend