logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    सांसदबाट हटाउने प्रचण्डको पत्रपछि प्रभु शाहको आक्रोश : ‘चुनाव जित्नकै लागि एमालेसँग मिल्नेले कानुनी डण्डा चलाउन मिल्छ ?’

    सांसदबाट हटाउने प्रचण्डको पत्रपछि प्रभु शाहको आक्रोश : ‘चुनाव जित्नकै लागि एमालेसँग मिल्नेले कानुनी डण्डा चलाउन मिल्छ ?’

    4.1K
    Shares

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सांसद पद खारेज गर्न संसद सचिवालयलाई पत्र पठाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका सहरी विकास मन्त्री प्रभु साहले फेसबुक मार्फत प्रचण्डप्रति आक्रोश व्यक्त गरेका छन् ।

    जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो भन्दै मन्त्री शाहले अहिलेसम्म सरकारलाई समर्थन दिइराखेकाहरुले यस्तो निर्णय गर्न नसुहाउने बताएका छन् । बुधबार बिहान फेसबुकमा उनले लेखेका छन्,– ‘आफू चुनाव जित्नलाई नेकपा एमालेसंग एकतारसहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख़्नेहरूले हामी साझा घोषणा-पत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथी कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन । ‘

    त्यस्तै सांसदबाट हटाउने प्रचण्डको निर्णय निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेल भएको बताएका छन् । शाहले लेखेका छन्–‘निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफुलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएका छन् ।’

    मंगलबार माओवादी केन्द्रले साहसहित ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरीको सांसद पद खारेज गर्न संसद सचिवालयमा पत्र पठाएको थियो।

    prabhu shah status.JPG


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend