logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • चीनबाट ल्याइएको कोरोना विरुद्धको भेरोसेल खोप लगाउन सुरु

    चीनबाट ल्याइएको कोरोना विरुद्धको भेरोसेल खोप लगाउन सुरु

    4.9K
    Shares

    काठमाडौं । नेपाल सरकारले चीनबाट पाएको कोरोनाविरुद्धको भेरोसेल खोप पहिलो चरणमा आज बुधबार बाट लगाउन सुरु गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न १४ वटा स्वास्थ्य संस्थाबाट खोप लगाउन सुरु गरिएको हो ।

    वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर,  परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र काठमाडौ मेडिकल कलेज सिनामंगलमामा रहेका केन्द्रबाट खोप लगाउन सुरु गरिएको छ ।

    त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल र क्षेत्रपाटी निस् शुल्क चिकित्सालयबाट पनि यो खोप लगाउन सुरु भएको छ ।

    चिनियाँ अनुदानको खोप अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, व्यक्ति होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारीलगायतका व्यापारी, प्राध्यापकलगायतलाई यो खोप लगाइनेछ ।

    त्यस्तै चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय सीमा पार व्यापार गर्ने नेपाली व्यापारीलाई पनि यो खोप लगाइने छ ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend