logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    चर्चित गायक प्रमोद निर्वाणको नयाँ गीत ‘माया मा’ को म्युजिक भिडियो सावर्जनिक 

    चर्चित गायक प्रमोद निर्वाणको नयाँ गीत ‘माया मा’ को म्युजिक भिडियो सावर्जनिक 

    6.3K
    Shares

    काठमाडौँ । नेपाली संगीत क्षेत्रका चर्चित गायक प्रमोद निर्वाणको आवाजमा रहेको नयाँ गीत ‘माया मा’ को म्युजिक भिडियो सावर्जनिक भएको छ । यस गीतको र्‍याप अजय शाहीले गाएका छन् ।

    माया प्रेमको विषयमा लेखिएको यो  गीतको संगीत, रचना तथा शब्द निर्माण गायक स्वयमको रहेको छ । गीतको अरेन्ज तथा डिरेक्सन समेत प्रमोद आफैले गरेका हुन्। गीतमा सन्जिव बराइलीको गीतार रहेको छ । 

    गीतलाई कुमार केसीले रेकर्ड गनुका साथैँ अशोक महर्जनको मिक्सिङ­ र मास्टरिङ र एमके मगरले छायांकन गरेका छन्। सिएम फुयाँलको कोरियोग्राफीमा बनेको यस गीतमा मन्जिला बुढाथोकी र दिलु श्रेष्ठको अभिनय देखन सकिन्छ ।  

    निकै मिहिनेतको साथ बनाइएको यो गीतलाई आम दर्शकले  रुचाउनका साथैँ मनपराइदिने ठूलो विस्वास रहेको गायकले बताए  । गीतलाई ओएसआर डिजिटल युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend