logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • फेरि बढ्न थाल्यो डलरको भाउ

    फेरि बढ्न थाल्यो डलरको भाउ

    4.8K
    Shares

    काठमाडौं । अमेरिकी डलरको भाउ पुन: वृद्धि हुन थालेको छ । डलरको मूल्य पछिल्लो साढे ४ महिना यताकै महँगो भएको हो । बुधबार ११७ रुपैयाँ ८० पैसा रहेको डलरको मूल्य बिहीबार ११९ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

    नेपाल राष्ट्र बैंकले आज एक डलरको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा तोकेको हो । गएको मंसिर २ गते डलरको मूल्य ११९ रुपैयाँ ६७ पैसा पुगेपछि क्रमशः घट्न थालेको थियो । 

    पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा डलर बलियो हुँदै आएको छ । राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलर बलियो भएपछि भारतीय तथा नेपाली रुपैयाँ कमजोर भएको हो । 

    कोरोना महामारीका कारण पनि भारतीय रुपैयाँ कमजोर हुँदै गएको हो । नेपाली रुपैयाँ कमजोर भए पनि रेमिट्यान्स आप्रवाह तथा नेपालबाट हुने वस्तु निर्यातमा भने फाइदा नै भएको छ । 

    तर, डलरमा भुक्तानी गर्नुपर्ने विदेशी ऋणमा कठिनाइ हुनुको साथै विदेश पढ्न जाने विद्यार्थीलाई भने मर्कामा पर्छन् । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend