logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • देउवा र पौडेलबीच स्टेजमै झगडा: प्रचण्डलाई देउवाले भने ‘ओलीको लात खाएपछि ठीक भएको छ’ (हेर्नुहोस् भिडियो)

    देउवा र पौडेलबीच स्टेजमै झगडा: प्रचण्डलाई देउवाले भने ‘ओलीको लात खाएपछि ठीक भएको छ’ (हेर्नुहोस् भिडियो)

    5.5K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ सरकार गठनबारे सार्वजनिक मञ्चमै जुहारी खेलेका छन् ।

    नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा शुक्रबार वरिष्ठ नेता पौडेलले जोखना हेर्दा हेर्दै सरकार गठनको एउटा अवसर गुमेको बताए । सरकारमा जाने अवसर देउवाकै कारण गुमेको बताएपछि स्टेजमै दुई नेताको झोकाझोक भएको हो ।

    सरकारमा जाने अवसर गुमाएको भन्दै देउवा माथि पौडेलले सार्वजनिक मञ्चमै हप्की दप्की गरेपछि सभापति देउवा आक्रोशित बनेका थिए । कार्यक्रममा सहभागीहरु अस्वाभाविक मानेर गलल हाँसेपछि कार्यक्रम सञ्चालकले दुई नेताको छलफल भनेर स्थिति नियन्त्रणमा ल्याउने प्रयास गरेका थिए।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend