logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • अनिल केशरी शाहले जिते दुमन थापाविरुद्धको मुद्दा

    अनिल केशरी शाहले जिते दुमन थापाविरुद्धको मुद्दा

    6.8K
    Shares

    काठमाडाैं । नबिल बैंकका सीईओ अनिल केशरी शाहले पूर्वसांसद तथा मेगा बैंकका पूर्व सञ्चालक दुमन थापाविरुद्धको मुद्दा जितेका छन् । शाहले करार उल्लघंन गरेको हुँदा क्षतिपूर्ति दिलाई पाउँ भन्दै ६ असार २०७६ मा थापाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । 
     
    शाहले मेगा बैंक खुल्ने क्रममा २०६६ सालमा थापालाई करार सम्झौता गरी लगानीका लागि १ करोड रुपैयाँ दिएका थिए । त्यस बेला बैंक सञ्चालनका लागि १ करोड ९० लाख रुपैयाँ लगानी गर्ने निर्णय भएको थियो । 
     
    तर, थापाले रकम नभएपछि बैंकको १ लाख कित्ता सेयर बराबरको रकम १ करोड रुपैयाँ दिएमा सेयर विक्री गर्न मिल्ने भएपछि नामसारी गरिदिने जनाएका थिए । तर, सेयर विक्रीको लागि नगद लिए पनि नामसारी नगरी बेइमान गरेको कारण हालसम्म सेयर दाखिला खारेज हुन नसकेको साहले जनाएका छन् । 
     
    साहले आफूले पाउन नसकेको प्रमोटर सेयर १ लाख १८ हजार ५४४ को १ करोड २८ लाख र साधारण सेयर ४४ हजार १५७ को करिब ८८ लाख र नगद बोनस समेत गरी २ करोड २७ लाख रुपैयाँ पाउनुपर्ने भन्दै मुद्दा दायर गरेका हुन् । 
     
    प्रतिवादी थापाले भने १० वर्षपछि नालिस गर्न हदम्याद गुज्रिसकेको दाबी गरेका थिए । त्यस्तै, प्रमोटर सेयर प्रमोटरहरुबीच मात्र किनबेच हुन्छ भन्दै करार पालना हुन नसक्ने उनको भनाइ थियो । 
     
    तर, अदालतले करार सम्बन्ध स्थापित भएको भन्दै साहको पक्षमा फैसला गरेको हो । ‘उक्त सम्झौता बमोजिम सिर्जना भएको दायित्वबाट वादी पन्छिन सक्ने अवस्था देखिँदैन,’ अदालतले फैसलामा उल्लेख गरेको छ ।
     
    यस्तै, पाँच वर्षसम्म प्रमोटर सेयर विक्री गर्न नमिल्ने दाबीमा अदातलले कानुनले अनुमति पाउपछि मात्र नामसारी गर्ने भन्ने देखिएको र बैंक सञ्चालन भएको ५ वर्षपछि नै करार कार्यान्वयन गर्न शाहले प्रक्रिया चालेको जनाइएको छ । यस्तै, साहले दाबी गरे बमोजिम हालको धितोपत्र बजार मूल्य बराबरको रकम क्षतिपूर्ति बापत थापाबाट भराउन पनि आदेश दिएको छ । 
     
    ‘वादी दावी बमोजिम फिराद दायर गर्दा सम्मको संस्थापक सेयर १,१८,५४४ तथा सर्वसाधारण तर्फको ४४,१५७ कित्ता सेयर तथा फिराद दायर भएपछि जारी भई वितरण भएको सेयर समेत असुल उपर हुँदाका बखतमा अर्थात त्यस समयमा नेपाल स्टक एक्सचेन्जबाट कारोबार भएको मूल्यांकनको आधारमा हिसाब गरी तथा फिराद पत्र दायर गरेपछि बैंकबाट वितरण भएको उक्त सेयर नगद लाभांश समेत यस अगाडि फिरादीले बुझी लिएको रु. ९,००,०००  कट्टा गरी बाँकी हुन आउने रकम मिति २०६६/१०/२८ को सम्झौताको ४ नं. बमोजिम तथा मुलुकी देवानी संहिता, २०७४ को दफा ५३७ बमोजिम यी प्रतिवादीबाट दावी अनुसारको रु. २,२७,०४,४९५  को हालको धितोपत्र बजार मूल्य बराबरको रकम क्षतिपूर्ति बापत वादी अनिलकेशरी शाहले प्रतिवादी दुमनसिंह थापाबाट दिलाई भराई लिन पाउने ठहर्छ,’ फैसलामा भनिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend