logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    कर्णाली प्रदेशमा सरकार पुनर्गठन, ‘फ्लोर क्रस’ गर्ने तीन जना मन्त्री नियुक्त

    कर्णाली प्रदेशमा सरकार पुनर्गठन, ‘फ्लोर क्रस’ गर्ने तीन जना मन्त्री नियुक्त

    6.2K
    Shares

    कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गरेका छन् । यही वैशाख ३ गते विश्वासको मत हासिल गरे पश्चात् मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् हेरफेर गरेका हुन् ।

    जसअनुसार उनले नेकपा (एमाले) माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषितथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीत्रयले शुक्रवार ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको प्रस्तावमा मतदान गरेका थिए । 

    यस अघिका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले, आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालय सम्हालेका थिए । नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको सपथ आइतबार लिने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend