logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • नयाँ दिल्लीमा एक साता कर्फ्यू, महाराष्ट्रमा हरेक तीन मिनेटमा एक संक्रमितकाे मृत्यु

    नयाँ दिल्लीमा एक साता कर्फ्यू, महाराष्ट्रमा हरेक तीन मिनेटमा एक संक्रमितकाे मृत्यु

    3K
    Shares

    काठमाडाैं । भारतको राजधानी नयाँ दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले साेमबार रातिदेखि अर्को सातासम्मका लागि कर्फ्यु घोषणा गरेकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    काेभिड १९ काे संक्रमण तीव्र भएपछि कर्फ्यू लगाइएकाे हाे । सोमबारमात्र भारतमा २ लाख ७३ हजार जना संक्रमित थपिएका छन् । १६ सयभन्दा बढीको मृत्यु भएको छ ।

    यस्तै, सबैभन्दा प्रभावित बनेकाे क्षेत्र महाराष्ट्रमा प्रत्येक तीन मिनेटमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भइरहेको छ । महाराष्ट्रमा प्रत्येक घण्टामा २ हजार बढी काेराेना संक्रमित फेला परिरहेकाे पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend