logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • कर्णालीमा आज सार्वजनिक बिदा

    कर्णालीमा आज सार्वजनिक बिदा

    6K
    Shares

    कर्णाली । कर्णाली प्रदेश सरकारले चैतेदशैँका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैतेदशैँका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

    कर्णालीमा चैतेदशैँलाई अन्य चाडपर्वझै उत्सवका साथ मनाउने गरिन्छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेशअन्तर्गतका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्थालगायतमा बिदा लागू हुने जनाएको छ ।

    प्रदेश सरकारले चैतेदशैँका अतिरिक्त धान दिवस, प्रदेश शहीद दिवसमा पनि सार्वजनिक बिदा दिँदै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend