logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • नेदरल्याण्डसँग नेपाल तीन विकेटले पराजित

    नेदरल्याण्डसँग नेपाल तीन विकेटले पराजित

    3.3K
    Shares

    काठमाडाैं । त्रिकोणात्मक टी २० सिरिजमा नेदरल्याण्डसँग नेपाल तीन विकेटले पराजित भएकाे छ ।  मंगलबार भएको खेलमा नेपाल मलेसियासँग तीन विकेटले पराजित भएकाे हाे । 

    कीर्तिपुर मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदा दुई सय ६ रन बनायो । जवाफमा नेदरल्याण्ड्सले १९ ओभर बलमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍याे ।

    नेदरल्याण्डसका लागि बस दी लिडले ४१ बलमा ६ चौका ५ छक्कासहित ८१ रनको अविजित इनिङ खेले । बेन कुपरले ३५ बलमा १० चौकासहित ५५ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

    नेदरल्यान्ड्सविरुद्ध महंगा साबित भएका सन्दीप लामिछानेले ४ ओभरमा ४८ रन खर्चेर सर्वाधिक ४ विकेट लिन सफल भए ।

    नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरे ।  भुर्तेलले ४६ बलमा ६२ रन बनाए । ऐरीले ३० बलमा ६० रन बनाए ।

    यसअघिका दुई खेलमा शतकीय साझेदारी गरेका कुशल भुर्तेल र आशिफ शेखको जोडी आज भने जम्न सकेन । नेपालको स्कोर २० रन हुँदा आशिफ शेख खाता खोल्न नपाउँदै आउट भए । उनले चार बल खेल्दा खाता खोल्न सकेनन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend