logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • त्रिकोणात्मक टी २० सिरिज : नेदरल्याण्ड्स र मलेसियाबीचको खेल आज

    त्रिकोणात्मक टी २० सिरिज : नेदरल्याण्ड्स र मलेसियाबीचको खेल आज

    3.4K
    Shares

    काठमाडौं।  त्रिकोणात्मक टी २० सिरिजमा आज नेदरल्याण्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ। खेल १२: १५ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। 

    दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्स आजको जीत हासिल गरी फाइनलमा स्थान पक्का गर्ने योजनामा छ।

    नेदरल्याण्ड्सले ३ खेलबाट ४ अंक जोडेको छ। पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित नेदरल्याण्ड्सले दोस्रो खेलमा मलेसियालाई १५ रनले र तेस्रो खेलमा नेपाललाई ३ विकेटले हराएको थियो।

    जितविहीन मलेसियालाई आजको खेल जिते पनि फाइनल पुग्न कठिन छ। मलेसिया पहिलो खेलमा नेदरल्याण्ड्ससँग १५ रनले र दोस्रो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो। तीन खेलमा दुई खेल जित्दै आयोजक नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ।

    नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई र दोस्रो खेलमा मलेसियालाई समान ९ विकेटले हराएको थियो। नेपालले लीग चरणको अन्तिम खेल भोलि मलेसियासँग खेल्नेछ। फाइनल खेल बैशाख ११ गते शनिबार हुनेछ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend