logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    भारतमा एकैदिन थपिए करिब तीन लाख संक्रमित, २ हजार बढीकाे मृत्यु

    भारतमा एकैदिन थपिए करिब तीन लाख संक्रमित, २ हजार बढीकाे मृत्यु

    6.2K
    Shares

    काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्ला केही दिन यता लगातार दैनिक २ लाख ५० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएकाे भारतमा मंगलबार थप २ लाख ९४ हजार २९० जनामा संक्रमण पुष्टि भएको छ ।

    यसअघि (सोमबार) वैशाख ६ मा भारतमा दोस्रो धेरै २ लाख ७५ हजार ३०६ जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा संक्रमितको संख्या १ करोड ५६ लाख ९ हजार ४ पुगेको छ ।

    भारतमा १ करोड ३२ लाख ६९ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २१ लाख ५६ हजार ५७१ छ ।

    कोरोना संक्रमणका कारण भारतमा मृत्यु हुनेको संख्या १ लाख ८२ हजार ५७० पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार २० जनाको मृत्यु भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend