logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • स्याङ्जामा कांग्रेसका एक सय भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश

    स्याङ्जामा कांग्रेसका एक सय भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश

    5K
    Shares

    काठमाडौं । स्याङ्जाको चापाकोटमा नेपाली कांग्रेस परित्याग गरी एक सय भन्दा बढी कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् ।

    बुधबार चापाकोट नगरपालिका -१० मा भएको कार्यकर्ता भेटघाट तथा शुभकामना कार्यक्रममा एक सय २५ जना कांग्रेसका कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले पार्टीमा स्वागत गरेकी हुन् । 

    नेपाली कांग्रेसमा लामो समय त्याग गरेको तर कांग्रेस जनता प्रति उत्तरदायि नभएकोले नेकपा एमालेमा प्रवेश गरेको नव प्रवेशी याम कुमारी खनालले बताइन् ।

    congress to uml.jpg

    स्थानीय विकासको लागि एमालेले उल्लेखनीय काम गरेको तर नेपाली कांग्रेसले कुनै पनि काम नगरेको हुँदा विकास गर्ने पार्टीमा प्रवेश गरेको नव प्रवेशी कार्यकर्ताहरुको भनाई छ । 

    कार्यक्रममा नव प्रवेशी लगायतका कार्यकर्तालाई सम्बोधन गर्दै मन्त्री अर्यालले नेकपा एमालेमा प्रवेश गरेकोमा सबैलाई धन्यवाद दिइन् । 

    मन्त्री अर्यालले चापाकोटमा सडक, खानेपानी, स्वास्थ्य, प्राविधिक शिक्षा, सिटी हललगायतको काम तिव्र रुपमा भएको बताइन् । आगामी दिनमा चापाकोटलाई विकाससंग जोड्न बजेट विनियोजन गर्ने मन्त्री अर्यालको भनाई थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend