logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • ‘वान टु वान’ भेटको प्रधानमन्त्रीले दिए प्रतिक्रिया: ‘पार्टीलाई क्षति नहोस् भनेर सम्झाउने र सच्याउने प्रयासमा छौँ’

    ‘वान टु वान’ भेटको प्रधानमन्त्रीले दिए प्रतिक्रिया: ‘पार्टीलाई क्षति नहोस् भनेर सम्झाउने र सच्याउने प्रयासमा छौँ’

    3.7K
    Shares

    काठमाडौं । प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई क्षति नहोस् भनेर सम्झाउने र सच्याउने प्रयासमा रहेको बताएका छन् ।

    नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा केन्द्रीय कार्यालय भवन शिलान्यास समारोहलाई बल्खुमा सम्बोधन गर्दै ओलीले भने, ‘हामी सम्झाइबुझाइ गरिरहेका छौं। सम्झाउने र सच्याउने प्रयास छ। हामीले पार्टीमा क्षति नहोस् भनेर कसैलाई पनि कारवाही गरेको छैन,’ ओलीले भने, ‘तर अनुशासनहीनता र अराजकतासँग हामी सम्झौता गर्दैनौं।’

    ओलीले नेता नेपालसँग बुधबार दुई घण्टा ‘वान टु वान’ कुराकानी गरेका थिए। भेटपछि नेता नेपाल र ओलीले कुनै पनि प्रतिक्रिया दिएका थिएनन् । दुई नेताबीच आज पनि वार्ता हुने बताइएको छ ।

    उनले अब पार्टीमा गुट नचल्ने भन्दै गुतको प्रतिनिधित्व गर्नेसँग कुरा गर्न नसकिने दोहार्याए । उनले भने, ‘व्यक्तिगत तवरमा कुराकानी गर्न सकिन्छ। तर समूहगत रूपमा कुनै गुटको प्रतिनिधित्व गर्नेसँग कुरा गर्न सकिँदैन,’ उनले भने, ‘अब पार्टीमा गुट चल्दैन। दुवैतर्फ बराबर मानिस भएर डोरी तान्न सकिँदैन। बरू डोरी चुँडिएला कोही कतै जाँदैन।’

    उनले पार्टीमा काम गर्न अवसर दिन लागिएको विषयलाई कमजोरी नठान्न पनि चेतावनी दिएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend