logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र मलेसिया, वर्षा बाधक बन्ने सम्भावना

    त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र मलेसिया, वर्षा बाधक बन्ने सम्भावना

    3.4K
    Shares

    काठमाडौं । काठमाडाैंमा भइरहेकाे नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टी-२० सिरिजमा बिहीबार घरेलु टोली नेपाल मलेसियासँग खेल्दै छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सवा १ बजे खेल सुरु हुनेछ ।

    प्रतियोगितामा २ जित र १ पराजय ब्यहोरेको नेपालले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । २ खेलमा हार ब्यहाेरेकाे मलेसियाले अघिल्लो म्याच टाइ खेलेकाे थियाे । मलेसिया फाइनल पुग्नबाट बाहिरिसकेकाे छ । नेपालले आजको खेल जिते शीर्ष स्थानसहित फाइनल पुग्नेछ । 

    यसअघिको खेलमा नेपालले मलेसियालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेकाे थियाे ।

    बिहीबारको खेलमा वर्ष वाधक बन्ने सम्भावना देखिएकाे छ । बुधबार सम्पन्न नेदरल्याण्ड्स र मलेसियाबीचको खेल पनि वर्षाका कारण प्रभावित बनेकाे थियाे । बिहीबार पनि काठमाडौंमा बिहानदेखि पानी परिरहेको छ। 

    आज दिउँसाे पनि वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखालले जनाएकाे छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend