logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारतमा महामारी सुरु भएयताकै उच्च सङ्क्रमण

    भारतमा महामारी सुरु भएयताकै उच्च सङ्क्रमण

    3.2K
    Shares

    नयाँ दिल्ली । भारतमा एकै दिनमा कोभिड-१९ को सङ्क्रमित संख्या तीन लाख १४ हजार ८३५ जना थपिएपछि कुल सङ्क्रमितको संख्या एक करोड ५९ लाख ३० हजार भन्दा बढी भएको छ ।

    सोही अवधीमा भारतमा कोरोनाबाट २ हजार १०४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या १ लाख ८४ हजार ६५७ जना पुगेको छ  । भारतमा कोरोना भाइरस सङ्क्रमण शुरु भएयता एकै दिनमा ३ लाख भन्दा बढी व्यक्ति सङ्क्रमित भएको यो पहिलो पटक हो ।  कोरोना महामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । यसअघि गत जनवरीमा अमेरिकामा एकै दिन २ लाख ९७ हजार ४ सय ३० जना संक्रमित भेटिएका थिए।

    भारतमा हालसम्म एक करोड ३४ लाख ५४ हजार ८८० व्यक्ति कोरोना मुक्त भएका छन् । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १३ करोड २३ लाख ३० हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

    भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

    भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा कोरोना शुरु भएपछि हालसम्म कोरोना सङ्क्रमणबाट १२ हजार ६३८ जनाको मृत्यु भइसकेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend